बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिंहदरबारभित्र सुरक्षा लापरबाही, फेरि दोहोरियो चोरीको घटना

सोमबार, पुष २४ २०७४

काठमाडौं पुस, २४–
मूलुककै प्रमुख प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबार दिनानुदिन असुरक्षित बन्दै गैरहेको छ । पछिल्ला दिनमा सिंहदरबार भित्र सुरक्षा लापरबाही तथा चोरीका घटना निकै बढ्न थालेका छन् ।  केही समय पहिले सिंहदरबार भित्रैबाट स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटा टायर चोरी भएका थिए । यो घटना सेलाउन पाएको छैन  आईतबार राति  सिंहदरबारभित्र रहेको क्यान्टिनबाट ४२ हजार रुपैंया चोरी भएको छ ।  शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ चोरी सिंहदरबार प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विश्वराज सिलवालले सञ्चालन गरेको फाइब स्पाइस क्यान्टिनबाट  सो रकम चोरी भएको हो । 
पीडितले महानगरीय प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका छन् । यो  बिषयमा थप अनुसन्धान सुरु  भएको प्रहरीले जनाएको  छ । 

कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै चोरीको घटना हुनु लाजमर्दो भएको प्रहरी अधिकारी स्वयम् बताउँछन् ।