बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिको यस्तो सुझाव

सोमबार, पुष २४ २०७४

काठमाडौं पुस, २४–
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति   विद्या भण्डारीले  प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । देउवा सरकारले वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको कारण देखाउदै अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार  राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी हुन् । 
सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव  दिएको राष्ट्रपति निकट स्रोतले पनि जनाएको  छ । सो भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई  जानकारी गराएका थिए ।