बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले नेता समेत रहेका व्यवसायी पौडेल हत्याको बिरोधमा बुटवल बजार बन्द

शुक्रबार, पुष २१ २०७४

बुटवल पुस, २१–
शुक्रबार मध्यान्ह रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट व्यवसायी बसन्त पौडेलको हत्याको बिरोधमा  बुटवल बन्द भएको छ । हत्या लगत्तै आक्रोशित युवा बिद्यार्थीहरुले तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै  बन्द गरेका हुन् ।

युवा संघ अध्यक्ष नकुल शाह ठकुरीले शनिवार रुपन्देही बन्द जानकारी गराए  ।  

पौडेल पूर्व गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् । एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।

घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले स्थानीय सञ्चारकर्मी र बिभिन्न ब्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएका छन् । एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए ।

 जिल्ला प्रहरी कार्यलय रुपन्देहीले गोली कसले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जनाएको छ । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्कभर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएका छन् ।