काठमाडौं पुस, २१–
उन्नती माईक्रो फाईनान्सको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले शुुक्रबारबाट एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक लाख ६५ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री खुल्ला गरिएको कुुल सेयर मध्येमा चार प्रतिशत अर्थात छ हजार छ सय कित्ता सेयर कर्मचारीको लागि र पाँच प्रतिशत अर्थात आठ हजार दुुई सय ५० कित्ता सेयर सामुुहिक लगानी कोषको लागि बिक्री गरि बाँकी रहेको एक लाख ५० हजार एक सय ५० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जानकारी दिएको छ । बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल रहेको संस्थाको साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस २५ गते र ढिलोमा माघ पाँच गते बन्द हुुने छ । अधिकृत पुंजी ११ करोड तथा जारी पुंजी पाँच करोड ५० लाख रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुंजी तीन करोड ८५ लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुंजी पाँच करोड ५० लाख रुपैयाँ पुुग्ने छ ।