काठमाडौं पुस, १९–
बुधबार देउँसो २ बजे नेपाली कांग्रेसले केन्द्रीय सम्पादन समितिको बैठक आह्वान गरेको छ ।
कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार कार्यसम्पादन समिती बैठकमा राष्ट्रिय सभा निवार्चनको मिति तोक्ने विषयमा छलफल गरिने तयारी रहेको छ । राष्ट्रिय सभाका लागि प्रशासनिक कार्यमा जोड दिन सरकारलाई आग्रह गरिने उनले बताए ।
नेताख खाँणले समानुपातिक तर्फका प्रदेश सभामा सिफारिस सदस्यहरुहरुको नामावली सच्याउने विषयमा छलफल गरिने जानकारी गराए ।
नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक नामावलीमा मापदण्ड अनुसार नभएको जनाउँदै आयोगले सच्याउन फिर्ता पठाएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा निर्वाचनमा भोगेको पराजयको बारेमा समेत छलफल गर्ने तयारी रहेको कांग्रेस निकट स्रोतको भनाई छ ।