बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेको उच्च बृद्धिदर टिकेन, दुुई दशमलव ४४ अंकको मात्र बृद्धि

मंगलबार, पुष १८ २०७४

 
काठमाडौ पुुस, १८–
नेप्सेको उच्च बृद्धिदर धेरै समय टिकेन ।  मंगलबार नेप्से दुुई दशमलव ४४ अंकले बढेर १४ सय ३७ दशमलव २४ अंकमा चढेको छ भने सेन्सिटिभ एक दशमलव १४ अंकले बढेर तीन सय दुुई दशमलव ४६ अंकमा चढेको छ । आज एक सय ६६ कम्पनीहरुको छ हजार आठ सय दुुई वटा कारोबारमा १२ लाख ६२ हजार चार सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ६३ करोड ३२ लाख २२ हजार चार सय १२ रुपैयाँ पुुगेको छ । 
सबै गरी आज १० वटा समुहको कारोबार भएकोमा सात वटा  समुहले गुुमाएर तीन वटा समुहले कमाएका छन् । बीमा समुहको सुचक ६१ दशमलव ३४ अंकले घटेर सात हजार चार सय २१ दशमलव ६९ अंंकमा पुुगेकोमा ११ करोड ७५ लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक चार दशमलव छ अंकले घटेर १६ सय २० दशमलव ५६ अंकमा पुुगेकोमा दुुई करोड दुुई लाख ५७ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि २८ दसमलव ६१ अंकले घटेर १९ सय ३७ दशमलव ६३ अंकमा पुुगेकोमा चार करोड १४ लाख ७० हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि घटेका छन् । वाणिज्य बैंक समुहको सुचक आज १० दशमलव १३ अंंकले बढेर १२ सय ४१ दशमलव ८४ अंंकमा पुुगेकोमा ३१ करोड १४ लाख छ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
ट्रेडिङ र अन्य समुहको सुचक पनि आज बढेका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ मिसन डेभलपमेन्ट बैंक २३२ ७.४१
२ श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स ३९९ ७.२६
३ स्टान्र्डड चार्टड बैंक १०८० ४.५५
४ महिला सहयात्रा बित्तीय संस्था ९०० ४.५३
५ आरएसडिसी लघुबित्त संस्था १२१३ ४.१२
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ एभरेष्ट बैंक (संस्थापक) ७४२ ६.६०
२ ललितपुर फाईनान्स १८१ ४.७३
३ सिन्धुु बिकास बैंक १६३ ४.११
४ शाईन रेसुुुंगा डेभलमेन्ट बैंक २९८ ३.८८
५ छिमेक लघुबित्त बिकास बैंक १००० ३.३८