काठमाडौ पुुस, १८–
कृषि बिकास बैकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुुने अग्राधिकार सेयर पुंजीमा समेत बार्षिक छ प्रतिशतका दरले नगद लाभांस समेत बितरण गर्ने घोषणा गरेको छ । लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैैकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।