बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राप्रपा(राष्ट्रवादी) को मागः नेपालको औपचारिक पोशाक हुनुपर्यो

सोमबार, पुष १७ २०७४

काठमाडौं पुस, १७– 
नेपालको औपचारिक पोशाक नभएको भन्दै यथाशिघ्र औपचारिक पोशाक घोषणा गर्न एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारसँग माग गरेको छ । 
राप्रपा (राष्ट्रवादी)को अध्यक्ष समेत रहेका डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।
सोमबार  पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग आग्रह गरेका हुन् ।
दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको तर्क छ ।