भक्तपुर पुस, १४–
एमाले नेता लालबाबु पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाए ६ महिना भित्र ५० प्रतिशत अपराध नियन्त्रण गर्ने ठोकुवा गरेका छन् ।
शुक्रबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पूर्व मन्त्री समेत रहेका नेता पण्डितले गृहमन्त्रीको रुपमा राजनीतिको आवरणमा हुने अपराध नियन्त्रण गर्न आफू सफल हुने दाबी समेत गरे ।
पण्डितले माघ पहिलो साता पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने पनि प्रष्ट पारे ।
नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि पण्डितको भनाई छ ।