काठमाडौं पुस, १४–
प्रभुु लाईफ इन्स्योरेन्स कम्पनीले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले एक समारोहका बीच शुभारम्भ समारोहको समुद्घाटन गरेका हुुन् । उनले त्यस अवसरमा एक मन्तव्य दिदै यस प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिएका छन् । यसका अलावा कम्पनीले अब देशभरी नै आफ्नो शाखा संजाल पू¥याई जीवन बीमा संग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य रहेको खुलाशा गरे । उक्त कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफका संचालक नरेश मल्लले समेत कम्पनीले यसै गरी ग्राहकमाझ आफ्नो पहिचान बनाउन प्रभु लाइफ इन्स्योरन्स सफल हुने कुरामा दुई मत नहुने बिचार व्यक्त गरेका थिए ।