काठमाडौं पुस, १३–
रानीपोखरीको पुननिर्माण स्थगित गरिएको छ । मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाउने भन्दै काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको हो । रानीपोखरी निर्माणकाबारेमा काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरबीच विवाद उत्कर्षमा पुगेको थियो ।
लगत्तै महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको हो ।
पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको एक विज्ञ समिति बनाइएको छ । उक्त समितिले यसकाबारे अध्यन गरि १५ दिनभित्र सुझाव पेश गर्नेछ । सो समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् ।
विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।