काठमाडौं पुस, ११–
चर्चित गायिका मेलिना राई र राजेश केसीको स्वरमा रहेको ‘नानी ज्यान’ को भिडियो सार्वाजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका राईसँगै गायक केसीले पनि उतिकै मिठो तरिकाले गीत गाएका छन् । सो गीतमा शब्द तथा संगीत भने राजप्रताप केसीको रहेको छ । उक्त गीतमा चर्चित नायक तथा मोडल पुष्प खड्का र बर्षा राउतको अभिनय रहेको छ ।