काठमाडौं पुस, ९–
साताको पहिलो दिन आईतबार नै नेप्सेमा भूँइचालो गएको छ । आईतबार फाईनान्स बाहेक सबै सुचक घटेका छन् । आज नेप्से चार दशमलव ९६ अंकले घटेर १४ सय ६७ दशमलव १९ अंकमा झरेको छ । सेन्सिटिभ पनि एक दशमलव ६ अंकले घटेर तीन सय आठ दशमलव ८८ अंकमा झरेको छ । एक सय ६१ कम्पनीहरुको छ हजार ६४ वटा कारोवारमा १४ लाख ५७ हजार चार सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ५५ करोड ९५ लाख ८२ हजार आठ सय ४० रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा नौ वटा समुहको सुचक घटेको छ । बीमा समुहको सुचक २५ दशमलव ११ अंकले घटेर सा हजार पाँच सय ७५ दशमलव ३३ बिन्दुमा झरेकोमा आठ करोड ५८ लाख सात हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैंक समुहको सुचक दुई दशमलव १३ अंकले घटेर १२ सय ५७ दशमलव ८७ अंकमा झरेकोमा २४ करोड ८४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक १३ दशमलव ४२ अंकले घटेर १६ सय ७० दशमलव ४६ बिन्दुमा झरेकोमा दुुई करोड १० लाख १० हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत समुहको सुचक पनि तीन दशमलव ९१ अंकले घटेर १९ सय ८६ दशमलव १५ बिन्दुमा झरेकोमा दुई करोड ३५ लाख ५७ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ ।
ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज उच्च अंकले गिरावट आएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ ग्रिन डेभलपमेन्ट बैंक ५८९ ९.८९
२ महुुली सामुुदायिक लघुबित्त संस्था २४१४ ९.१८
३ कन्काई बिकास बैंक १७० ४.९४
४ युनाईटेड फाईनान्स २६५ ४.७४
५ तारागाउँ रेजिडेन्सी होटल ३११ ४.७१
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ सिन्धु बिकास बैंक १६५ ९.८९
२ सहयोगी बिकास बैंक २४४ ८.९८
३ छ्याङदी हाईड्रो पावर कम्पनी १७२ ६्५२
४ वल्र्ड मर्चेन्ट फाईनान्स १२९ ५.१४
५ सप्तकोशी डेभलपमेन्ट बैंक १५४ ४.४०