काठमाडौं पुस, ६–
साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्यकार शाह नेपाली साहित्य क्षेत्रकै एक उज्वल महिला नक्षत्रका रुपमा चिरपरिचित थिईन् । उनी कुनैबेलाकी नेपाली सिनेमाकी चर्चित नायीका जल शाहकी आमा समेत हुन् । उनको उपचारका क्रममा बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।
७५ वर्षीय साहित्यकार शाहको साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो ।