बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

बिहिबार, पुष ६ २०७४

६ पुस, काठमाडौं–
प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको स्थायी कमिटीका दुई सदस्य किरण गुरुङ र पृथ्वीसुब्वा गुरुङ प्रदेश नम्वर ४ को प्रदेशसभामा निर्वाचित भएपछी दुई मध्ये मुख्यमन्त्री को होला भन्ने चासो उक्त प्रदेशका मतदातामा मात्र होइन, आमसंचार माध्यम र अन्य सरोकारवलाहरुमा पनि उत्तिकै देखिन्छ ।

एमाले पार्टी पंक्ती दुई मध्ये को सिनियर र धेरै योगदान गरेको हो भन्नेबारे जानकार भएपनि कतिपय पत्रकार र नयाँ कार्यकर्ता अनविज्ञ रहेकोले तथ्यगत रुपमा जानकारी दिन खोजिएको हो ।

यी ६ तथ्यवाट प्रस्ट हुन्छ किरण र पृथ्वीसुब्वा को सिनियर ?
तथ्य नम्वर १
नेता किरण गुरुङ भन्दा पृथ्वीसुव्वा गुरुङ करिव १२ बर्षपछी केन्द्रिय तहमा पुगेका हुन् । किरण २०४८ सालमै एमालेको राष्ट्रिय परिषद सदस्य हुँदै २०४९ सालमा भएको चर्चित पाँचौं महाधिवेशनवाट केन्द्रिय कमिटीमा निर्वाचित भएका हुन्‍ । जतिवेला पृथ्वीसुब्वा जिल्ला कमिटीमा काम गरिरहेका थिए । २०४८ साल फागुनमा भएको लमजुङ जिल्ला अधिवेशनबाट पृथ्वीसुब्वा जिल्ला कमिटीमा निर्वाचित भएका थिए । उनि २०६० मा बल्ल नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् ।
तथ्य नम्वर २
अझ रोचक पक्ष के छ भने पञ्चायत विरुद्ध भएको आन्दोलनमा किरणले बिभिन्न जिल्लाको नेतृत्व गरिरहंदा पृथ्वीसुब्वा लमजुङकै एक बिद्यालयमा पढाइरहेका थिए । किरण २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज भएर गण्डकी र धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर काम गर्दा पृथ्वीसुब्वा शिक्षक संगठनमा काम गरिरहेका थिए । उनि २०४० साल मंसीरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीमा संगठित भएका थिए ।
तथ्य नम्वर ३
किरण गुरुङ २०३६ सालको जनमतसंग्रहको वेला बहुदलको पक्षमा लागे । प्रधानपञ्चको छोरा बहुदलको पक्षमा लागेपछी परिवारमा मनमुटाव भयो । त्यसपछि किरण जनताको मुक्तिका लागि परिवारसँग विद्रोह गरेर भुमिगत भए । किरण १७ बर्षको उमेरमा भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीतिमा लागे ।

तर पृथ्वीसुब्वाले कहिलै भुमिगत राजनीति गरेनन् । न पढाई छोडे न त परिवारसँग बिद्रोह गरे । किरणले भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीति सुरु गर्दा पृथ्वीसुव्वा अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाण्डौंमा बि।एस्सी पढ्दै थिए ।
तथ्य नम्वर ४
भूमिगत राजनीतिकसँगै किरणले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुका साथै बहुदल आएपछि २०४८ सालमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा जितेर सांसद बने । त्यतिवेला पृथ्वीसुब्वा युवा संघको जिल्ला तहमा काम गर्थे । पृथ्वीसुव्वा २०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक भएका थिए ।
तथ्य नम्वर ५
किरण गुरुङ २०३६ सालमा कास्कीको उपसचिव हुँदै पछि सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्य भए । २०३९ सालमा बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज, २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ मा गण्डकी र धौलागिरीको पालैपालो सचिव भए । पृथ्वी सुब्वा गुरुङ भने २०५० फागुन १०–११ को जिल्ला अधिवेशनबाट लमजुङको जिल्ला सचिव बनेका हुन् ।

उनि २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएका थिए । जवकी त्यसको एक दशक अघि नै किरणले त्यो जिम्मेवारी निर्वाह गरिसकेका थिए । त्यसअघि मनोनित भएका पृथ्विसुब्बा २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट बल्ल केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । जवकी किरण २०४९ सालमै अर्थात १६ वर्षअघि नै केन्द्रिय कमिटी सदस्य निर्वाचित भएका थिए ।
तथ्य नम्वर ६
पृथ्वीसुव्वा २०७१ मा पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । महाधिवेशनमा पृथ्वीसुव्वा पार्टी सचिव लड्दा किरण गुरुङ पार्टी उपाध्यक्ष पदका लागि चुनाव लडेका थिए । संयोगले पृथ्वीसुव्वाले चुनाव जिते तर सिनियर भने किरण नै हुन् । किरण गुरुङले बिद्यार्थीकाल देखी नै पोखरालाई केन्द्र बनाएर गण्डकी र धौलागिरी वा अहिलेको प्रदेश नम्वर ४ मा काम गरे ।

कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीको त उनले पार्टी प्रमुख भएर नै काम गरे । गण्डकी र धौलागिरी अञ्चलको पटक पटक नेतृत्व गरे । गृहजिल्ला तनहुँमा त कम्युनिष्ट पार्टी स्थापना र बिकासमा नेतृत्व नै गरे । प्रदेश ४ को सवै भुगोल उनलाई कण्ठस्तै छ । जनता चिनेका छन् । जनताको समस्यावारे जानकार छन् । र अहिले एमालेको प्रदेश संयोजक भएर भुगोलकै काम गरिरहेको हुनाले पनि मुख्यन्त्रीमा किरणको बिकल्प नहुने कार्यकर्ता र मतदातको भनाई छ ।