काठमाडौं पुस, ५–
रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्स प्रा.लि. र लुम्बिनी विकास बैंककाबीच सम्झौता भएको छ । रोयल इन्फिल्ड मोटरसाइकल नेपाल अधिराज्य भरी फाईनान्स गर्नका लागि बैंकसँग बुधबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली बजारमा ग्राहकहरु माझ लोकप्रिय स्थापित र सुरक्षित गन्तब्यको सवारी साधनका रुपमा रहेको छ रोयल इन्फिल्ड । रोयल इन्फिल्ड बाईकमा सरल, छिटो र छरितो सेवाका साथ लुम्बिनी बैंक बाट ऋण लगानी गरि ग्राहकमा थप सेवा प्रदान गरि बजार प्रर्वद्धन गर्ने उद्देश्य दुवै संस्थाको रहेको छ । नेपालमा १७ वर्ष देखि रोयल इन्फिल्ड मोटरसाइकल बाईक पारखीहरुका माझ स्थापित ब्राण्ड हो । ग्राहकले ऋण आवेदन गरेको समय बाट अति शिघ्रादि शिघ्र ऋण स्वीकृत गरिनेछ । ग्राहकलाई ३ वर्ष अवधिको लागि ऋण प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता पत्रमा एम.भि.दुगड गु्रप का अध्यक्ष मोतीलाल दुगडको उपस्थितिमा उपाध्यक्ष विवेक दुगड र लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले हस्ताक्षर गरेका छन् ।