काठमाडौं पुस, ३–
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालले मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका मतदातालाई धन्यावाद दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको केहि दिनपछि नयाँ शक्ति पार्टी, नेपाल ३ नम्बर प्रदेशले विज्ञप्ति मार्फत मतदातालाई धन्यावाद दिएको हो । । नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक सोनामसिं स्याङ्तानले विज्ञप्ति निकालेर मतदातालाई धन्यवाद दिएका हुन् ।
जारी विज्ञप्तिमा लेखिएको छ ‘पार्टी स्थापनाको डेढ वर्षभित्रै तीन–तीनवटा निर्वाचनको सामना गर्नु हाम्रो लागि निश्चयनै कठिन परिस्थिति थियो । संगठन विस्तार गर्न सम्पूर्ण ताकत सहित लागि परेको अवस्थामा केही व्यक्तिहरुको पार्टीबाट पलायनले पनि हाम्रा लागि निर्वाचनमा केही प्रतिकुलता थप्यो । हामीले प्रतिस्पर्धी दलहरुसँग ज्यादै सीमित श्रोत, साधनका साथमा निर्वाचन लड्नु प¥यो ।’