काठमाडौ मंसिर, २८–
लक्ष्मी बैकले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकले बिहिबार संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब चुक्ता पूँजी पु¥याउन सफल भएको छ । साधारण सभाबाट पारित बोनस शेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड पुगेको छ ।
सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि शुन्य दसमलव ५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३÷०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आ.व. २०७३÷७४ मा बैंकले ५९ अर्ब ३२ करोड निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पु¥याएको र बैंकको वासलातको आकार ७० अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।
सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आज आफना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बंैक अगाडी आएको छ ।
उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।