बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फेसबुकमा राष्ट्रपतिलाई गाली गालौज गर्ने पक्राउ

बिहिबार, मंसिर २८ २०७४

काठमाडौं मंसिर, २८–
सावधान ! फेसबुकमा स्टाटसमार्फत कसैलाई गाली गर्दैहुनुहन्छ ? पक्राउ पर्न सकिन्छ । फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।

बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ  राष्ट्रपतिलाई गाली गरेको आरोपमा पक्राउ परेका हुन् । 

काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार पक्राउ गरेको हो । उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ । 

सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।