काठमाडौं मंसिर, २८–
गत मंसिर २१ गते ५ बजेभन्दा पहिलेको नेपाली कांग्रेस र अहिलेको नेपाली कांग्रेसमा आकाश जमिनको भिन्नता आईसकेको छ । त्यतिबेला मूलुककै सबैभन्दा पुरानो पार्टी कांग्रेस सबैभन्दा ठुलो दल थियो भने आकारका हिसावले आज कांग्रेस तेस्रो ठुलो दलमा झरेको छ । अहिले नेपालमा कांग्रेसभन्दा ठुलो आकारमा दुईवटा कम्युनिष्ट दलहरुले स्थान ओगट्न पुगेका छन् । यद्यपि, यो प्रत्यक्षतर्फको मतपरिणामको आँकडा अनुसार तय गरिएको आकार हो । तैपनि समानुपातिक मतपरिणाम सार्वजनिक भएपछि पनि कांग्रेस ठुलो दल बन्नसक्ने कुनै सम्भावना अब कही कतै रहदैन ।
त्यसैले, पहिलो स्थानबाट तेस्रो स्थानमा अवतरण भएको नेपाली कांग्रेसभित्र निकै शक्तिसाली भूकम्प गएको प्रतित हुन थालेको छ । अहिले पछिल्लो मतपरिणामले नेपाली कांग्रेसका नेताहरु किङकर्तव्यविमुढ जस्तै हुन पुगेका छन् । वास्तवमा भन्ने हो भने नेपाली कांग्रेसका नेताहरु निर्वाचन अगावै त्यो अवस्थामा पुगिसकेका थिए तर, व्यक्त नगरेका मात्रै हुन् । उनीहरु मुख्यतया वाम गठवन्धनको कारण किङकर्तव्यविमुढ अवस्थामा पुगेका थिए । त्यतिबेला उनीहरुमध्ये कमैले मात्र सोंचेका थिएकि नेपाली कांग्रेस जनताको माझमा अलोकप्रिय भएको छ त्यसैले हामी निर्वाचन हार्दैछौ भनेर । अन्त्यमा जे नहुनु थियो त्यहि भयो नेपाली कांग्रेसका लागि तर, जनताले भने जे चाहेका थिए त्यहि हुन पुग्यो । आज नेपाली कांग्रेस जुन हालतमा पुगेको छ यसको कारक न त एमाले हो न माओवादीनै हो । यसको मुल कारक भनेको स्वयम् कांग्रेस आफै हो । नेपाली कांग्रेसको नेतृत्वमा बनेको देउवा सरकारले पछिल्ला समयमा गरेका आईजीपी प्रकरण, न्यायाधीश प्रकरण तथा राजदुत प्रकरणले गर्दा न्युट्रल मतदाता मात्र होईन स्वयम् कांग्रेसका कार्यकर्ता समेत यो सरकारसँग सन्तुष्ट कन्न सकेका थिएनन् त्यसैले कांग्रेसले शर्मनाक पराजय भोगेकोमा कुनै दुईमत छैन । कांग्रेसले गरेका ति गम्भिर गल्ति यति दर्वीला थिए कि संविधान कार्यान्वयनका लागि देउवा सरकारले सम्पन्न गरेको प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचन एकातिर र ति गम्भिर गल्ति अर्कोतिर राख्दा पनि गल्तिको तौल अत्याधिक हुन गएकाले कांग्रेसको यो गति भएको हो ।
गएको निर्वाचनमा कांग्रेसलाई जनताले जनमतको सजाय दिएपछि अहिले कांग्रेसभित्र खेलाबैला मच्चिएको छ । निर्वाचन परिणामले रन्थनिएका कांग्रेसका नेतारु बेहोसीमा थिए, कार्यकर्ता अधैर्य बनिरहेकाबेला कांग्रेसका युवा नेता गगन थापाले शेरबहादुरबाट नेतृत्व खोस्ने अभिव्यक्ति दिए पछि कांग्रेसभित्र तरंग पैदा गरिदियो । धेरै अर्धबेहोसमा पुगेका निराश कांग्रेस कार्यकर्तालाई गगनवाणी संजीवनी बुटि बन्न पुग्यो । तर, स्थाई नेतृत्वलाई गगनको कुरा पाच्य भएन र नेता बालकृष्ण खाँण गगनमाथि खनिए । फेरि पूर्वमा हारेका विश्वप्रकाश गर्जिए कांग्रेस मरेर घाटमा पुगेको छैन अस्पताल मात्र पुगेको हो यसको भविष्य छ भनेर । फेरि निराश कार्यकर्ता पङ्तिलाई रक्तसञ्चार प्वाह भयो । नेता शेखर कोइरालाले केन्द्रीय समिति र महासमिति बैठकमा समग्र कांग्रेस र मुलुकको अवस्थाको विश्लेषण गर्दै निर्वाचनमा हारको नैतिक दायित्व लिनुपर्ने व्यक्तिले नै लिनैपर्ने बताए । उनले निर्वाचनअघि विजय गच्छदारसँगको एकीकरणका बारेमा समेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेकोले त्यसवारे समेत बैठकमा आफूले जोडतोडका साथ कुरा राख्ने बताए ।
हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा छ ।
यसअघि (२०७०) को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसरी एकाएक तेस्रो स्थानमा आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले मतपरिणामबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।
तर, कतिपय नेताहरुले नेतृत्वकै असक्षमताका कारण हार ब्यहोर्नुपरेको अभिव्यक्ति दिन थालेपछि देउवा दवावमा परेका छन् । नेताहरुले निर्वाचनको नतिजापछि लगत्तै केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर समिक्षा गर्नुपर्ने माग राखेपनि देउवाले समानुपातिकतर्फको समेत नतिजा आएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि तत्काल महासमिति बैठक सम्भव नभएको जनाउ दिएका छन् ।
देउवा निकट मानिएका कांग्रेस नेता डा प्रकाशशरण महतका अनुसार यो निर्वाचनमा मत परिणाम अनपेक्षित आएपनि त्रिपक्षिय भीडन्त हुनुपर्ने ठाउमा दुईपक्षीय भएकाले यस्तो नतिजा आएको बताए ।
तर पनि सम्मानजनक मत ल्याउन कांग्रेस सफल भएको महतको भनाई छ । उनले पछिल्लो समय नेतृत्वप्रति केही नेताहरुले दिएका अभिव्यक्तिले कांग्रेसलाई फाइदा नहुने भन्दै फोरममा प्रकृयागत ढंगले कमजोरी केलाउने काम गर्नु उपयुक्त हुने सुझाव दिए ।
देउवा निकट श्रोतका अनुसार समानुपातिक तर्फको अन्तिम नतिजा आएको दुई दिनभित्र केन्द्रीय समिति बैठक राखेर निर्वाचनबारे समिक्षा गर्ने तयारी भइरहेको छ । तर, केन्द्रीय समिति बैठकमा केही नेताले नैतिकताको आधारमा राजिनामा दिनुपर्नेसम्मको सुझाव दिने तयारी गरेका छन् ।
प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपनि समानुपातिक तर्फको अन्तिम नतिजा भने आइसकेको छैन । समानुपातिकतर्फ भने कांग्रेस सम्मानजनक अवस्थामै छ ।
कांग्रेसलाई नजिकबाट नियाल्दै आएका विश्लेषक पुरुषोत्तम दाहाल भने कांग्रेसले यो निर्वाचनमा ल्याएको नतिजा स्वभाविक रहेको बताउँछन् । दाहाल कांग्रेसको नतिजा तेस्रो स्थानमा आउनुमा नेतृत्वको मात्रै दोष नभएर पार्टीका उम्मेदवार,नेता कार्यकर्ता सबैको कमजोरी रहेको बताउँछन् ।
अहिलेसम्म कांग्रेसले नेतृत्व परिवर्तनको वहस संस्थागत रुपमा सुरु त गरेको छैन तर, सबै तहको परिणाम सार्वजनिक भए लगत्तै यो बहस चर्को रुपमा थालनि हुने जनाउ विभिन्न नेताले सार्वजनिक गरिसकेका छन् । जस्तो, शेखर कोइराला, रामशरण महत, गगन थापा, विश्वप्रकाश शर्मा तथा धनराज गुरुङले यसको छनक दिईसकेका छन् । चुनाव हारे लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेतृत्व परिवर्तन गर्न खोजे त्याग गर्न आफू तयार रहेको सार्वजनिक गरिसकेका छन् । तर, महामन्त्री कोइरालाले नेतृत्व परिवर्तन मात्र समाधान नभएको संकेत गरेका छन् । यसले देउवालाई केही सहज भएको हुनुपर्छ । कांग्रेसले पराजय भोगेपछि सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सार्वजनिक रुपमा कुनै अभिव्यक्ति सार्वजनिक गरेका छैनन् । यद्यपि देउवाका विश्वासपात्र बालकृष्ण खाँणले देउवाले नेतृत्व छाडिहाल्ने अवस्थामा नपुगेको संकेत दिईसकेका छन् । अब हेर्न बाँकी छ कांग्रेसभित्र यो बिषय कसरी व्यवस्थापन हुन्छ भनेर ।
चुनावअघि कुनै योजना थिएन कांग्रेससँग थियो त यसको मुख्य नेतृत्वसँग केवल प्रधानमन्त्री हुने