झापा मंसिर, २७–
एमाले अध्यक्ष केपी ओलीलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । बुधबार झापामा अध्यक्ष ओलीको नेतृत्वमा भव्य विजय जुलुस निस्किएको छ । दमकमा आयोजित उक्त विजय जुलुसमा अध्यक्ष ओलीसहित हज्जारौ मतदाता र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ चुनाव जितेका अध्यक्ष ओलीलाई विजय र्यालीपछि आयोजि कार्यक्रममा निकै ठूलो माला पहिराइदिएर मतदाताहरुले स्वागत गरेका थिए । र्यालीमा ओलीको हाईहाई भएको थियो ।