बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पछिल्लो समानुपातिक मतगणनाको परिणाम यस्तो, एमाले र कांग्रेसमा कसको अग्रता ? हेर्नुस

बुधबार, मंसिर २७ २०७४

काठमाडौं मंसिर, २७–
प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना सम्पन्न हुँदा नेकपा एमाले नै अग्रतामा छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ५७ लाख ८५ हजार ५ सय ९६  मत गनिसकिएको छ। 

पछिल्लो अपडेटअनुसार एमालेसंगको दुरी कांग्रेसले घटाउदै छ। पछिल्लो मत परिणाम अनुसार ८४ हजार १३ मतले एमाले अगाडी छ। 

हेर्नुहोस् कसको कति मत ?
एमाले– २० लाख ८५ हजार ५ सय ५६
कांग्रेस– १९ लाख २४ हजार ५ सय ३
माओवादी केन्द्र–७ लाख ७६ हजार ९ सय ६
संघीय फोरम–२ लाख ५५ हजार ५ सय ४८
विवेकशिल– १ लाख २४ हजार ४ सय ३७
राप्रपा– १ लाख ३४ हजार ३ सय ८४
राजपा– १ लाख ९२  हजार ९ सय ३७
नयाँ शक्ति– ५६ हजार ७ सय ८२
राप्रपा९प्रजातान्त्रिक०–४४ हजार ६ सय
राष्ट्रिय जनमोर्चा–३५ हजार ३ सय ३५

अन्यः १ लाख ९६ हजार ७ सय ४५ मत