बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा उच्च गिरावट जारी, कारोबार रकम भने बढ्यो

आइतबार, मंसिर २४ २०७४

 
काठमाडौं मंसिर, २४–
नेप्सेमा उच्च गिरावट आएपनि कारोवार रकम भने बढेको छ । आज आईजबार नेप्से छ दशमलव ५ अंकले घटेर १५ सय ३० दशमलव ४९ बिन्दुुमा पुुगेको छ भने सेन्सिटिभ एक दशमलव ५ अंकले घटेर ३ सय २२ दशमलव ६२ बिन्दुुमा पुुगेको छ । १ सय ५८ कम्पनीहरुको ६ हजार ५ सय ७१ वटा कारोवारमा १२ लाख १२ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समूहको कारोवार भएकोमा ७ वटा समूहको कारोबार घटेर दुुई वटा समुहको कारोबार सुचक बढेर ट्रेडिङ समूहको सुचक स्थिर रहेको छ । बीमा समुहको सुचक ७२ दशमलव ८२ अंकले घटेर ८ हजार ५५ दशमलव ८३ अंकमा पुुगेकोमा ११ करोड १८ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैक समुुहको सुचक तीन दशमलव ७९ अंकले घटेर १३ सय ५ दशमलव २१ अंकमा पुुगेकोमा ४४ करोड ७४ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि ५ दशलव ४७ अंकले घटेर १५ सय ७५ दशमलव ९९ अंकमा पुुगेकोमा दुुई करोड १८ लाख १७ हजार ८ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज होटल, जलबिद्युत, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेको छ । यसबाहेक उत्पादनमुुलक र अन्य समुहको सुचक भने सामान्य अंकले बढेको छ । 
कमाउन ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ बोर्टलस नेपाल तराई ६४९० १०
२ महुली सामुुदायिक लघुबित्त १५११ ३.९९
३ नेशनल माईक्रो फाईनान्स २८१० ३.८८
४ एभरेष्ट बैंक (संस्थापक) ७६३ ३.८१
५ स्टान्र्डड चार्टड बैंक २१९७ ३.६३
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ सेन्ट्रल फाईनान्स १८२ ४.७१
२ लक्ष्मी लघुबित्त संस्था १३१५ ४.६७
३ गण्डकी बिकास बैंक २६८ ४.२८
४ ओरेन्टल होटल ६९० ३.८९
५ खानीखोला हाईड्रो पावर १५७ ३.६८