बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मतगणना नसकिदै विश्वप्रकाशले हार स्वीकार गरे, कार्कीलाई लगाइदिए विजयको माला

आइतबार, मंसिर २४ २०७४

झापा मंसिर, २४–
मुलुककै रोचक प्रतिस्पर्धाका रुपमा हेरिएको झापा १ मा मत गणना हुदै गर्दा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हार स्वीकार गरेका छन् । 

उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।

यद्यपि, मतगणना सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।