बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गोरखामा कडा प्रतिस्पर्धाबीच बाबुरामको अग्रता

शुक्रबार, मंसिर २२ २०७४

२२ मंसिर, गोरखा–
 गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा कायमै रहेको छ । 

तर पछिल्लो गणनामा बाबुराम अगाडि परेका छन् । लोकतान्त्रिक गठबन्धनको समर्थन रहेका बाबुरामले ७ हजार ६ सय २२ मत गन्दा ३ हजार ६ सय ७३ मत पाएका छन् ।

नारायणकाजीले भने ३ हजार ४ सय ६६ मत पाएका छन् । 

यो क्षेत्रमा पटक पटक अगाडि र पछाडि हुने क्रम चलिरहँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ ।