काठमाडौं मंसिर, २१–
बिहिबार मतदान गरिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ऐतिहाँसिक जिम्मेवारी पुरा गरेको बताएका छन् ।कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले आफूले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द गर्न सफल भएको बताए । उनले भने, ‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’
देउवाले अघि भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो ।’
उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको उनले बताए।
आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए । मतदान रिसकेका देउवा कैलाली हुँदै काठमाडौं फर्कने तयारीमा रहेका छन् ।