बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मतदान केन्द्र नजिकै विस्फोट, लाईनमा बसेकाहरुको भागदौड मच्चियो

बिहिबार, मंसिर २१ २०७४

२१ मंसिर, काठमाडौं–
मतदान सुरु भएको केही समयमै काठमाडौंको एउटा मतदान केन्द्र नजिकै ठुलो आबाजसहित विस्फोट भएको छ ।  काठमाडौं नैकापको मंगल मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको बताईएको छ । 
विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए । स्थानीयका अनुसार करिब ७ः१५ मा बम विस्फोट भएको हो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो ।