बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सत्यबती केन्द्रबाट कांग्रेस नेता पौडेलले गरे पहिलो मतदान

बिहिबार, मंसिर २१ २०७४

तनहुँ मंसिर, २१–
कांग्रेसका बरिष्ठ नेता नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार बनेका  पौडेलले तनहुँको दमौलीमा रहेको सत्यबती केन्द्रमा मतदान गरेका हुन् । 

नेता पौडेललेनै  सत्यबती केन्द्रबाट सबैभन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन् ।

पौडेलले मतदानपछि ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन, संविधान कार्यान्वयन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि यो निर्वाचन भइरहेको भन्दै सबैलाई मतदानका लागि अपिल गरेका छन् । 

यसले मुलुकलाई अग्रगतिमा लग्ने विश्वाससमेत उनले गरेका छन् । 

उनले आफ्ना मतदाताप्रति पूर्ण विश्वस्त भएको समेत बताएका छन् ।