बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मत किन्न पैसा बाँड्दै गर्दा एमाले उम्मेदवारका भाई प्रहरी खोरमा

बुधबार, मंसिर २० २०७४

वीरगञ्ज मंसिर, २०–
बिहिबार सम्पन्न हुने  निर्वाचनको मौन अवधि चलिरहेका बेला पैसा बाँडेको आरोपमा वाम गठवन्धनका तीन कार्यकर्ता पक्राउ परेका छन् । पर्साकोे पोखरिया नगरपालिकाबाट नगद ३ लाख रुपैयाँसहित गठवन्धनका तीन कार्यकर्ता पक्राउ परेका हुन् ।  

मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।

 इलाका प्रहरी कार्यालय, पोखरीयाका अनुसार निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । 

रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन् ।

उनीहरुलाई ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका बेला  ३ लाख नगद सहित नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको  बुझिएको  छ ।