डोल्पा मंसिर, १९–
निर्वाचनलाई बिथोल्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले डोल्पामा दुई गाँउपालिका कब्जामा लिएको छ । जिल्लाका दुई दुई गाँउपालिका जगदुल्ला र मुड्केचुला गाउँपालिका नेकपाले कब्जामा लिएको हो । ति गाँउपालिका कब्जामा लिदै विप्लवका कार्यकर्ताले सरकारी साइनोर्ड हटाएर आफनो पार्टीको बोर्ड राखेका हुन् । पार्टीको झण्डा र साइनबोर्ड राखेर कब्जा गरेको हो ।
स्थानीयले गाउँपालिकाका साइनबोर्ड र झण्डा हटाइएको जानकारी दिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय डोल्पाले गाउँपालिका कब्जा नभएको जानकारी गराएको छ ।
विप्लवका कार्यकर्ताले राखेको बोर्डमा गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय जगदुल्ला गा.पा डोल्पा, जिल्ला जनसरकार समिति नेकपा डोल्पा लेखिएको छ ।फोटोः इमान्दार मिडियाबाट साभार