बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यसकारण भयो निर्वाचन गराउन गएका साहायक मतदान अधिकृतको मृत्यु

मंगलबार, मंसिर १९ २०७४

धनगढी मंसिर, १९–
निर्वाचनमा खटिएका एक साहायक मतदान अधिकृतको मृत्यु भएको छ ।  कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख) मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको मृत्यु भएको हो । उनको  हृदयाघातका कारण मृत्यु भएको बताईएको छ । 
बाजुरा जिल्ला स्थायी घर भएका उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए ।
सोमबार मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउने क्रममा बाटामै राति मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।