काठमाडौ मंसिर, १७–
माछापुच्छे बैंक लिमिटेडले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले शुक्रबार संचालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा होटल पोखरा ग्राण्ड पोखरामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बैंकको आर्थिक बर्ष २०७३—०७४को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यस बाहेक सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाहृय लेखा परीक्षक नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरेको छ । हाल सात अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको बैकको बोनस सेयर बितरण पश्चात चुक्ता पुजी ८ अर्ब पाँच करोड रुपैयाँ पुुगेको छ । बार्षिक साधारण सभा कै अवसर पारेर बैकले पोखराको नयाँ बजारमा पनि नयाँ एटिएम काउन्टरको समुुद्धघाटन गरेको छ ।