बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने देउवा सरकारको निर्णय

बिहिबार, मंसिर १४ २०७४

काठमाडौं मंसिर, १४ –
आज बसेको मन्त्रिपरिषद् बैठकले  पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने  निर्णय गरेको छ । 

उपप्रधानमन्त्री कमल थापाले ट्वीटरमार्फत पुस २७ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको  जनाएका छन्।

 

 उनले लेखेका छन्, आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रनिर्माता प्रति सम्मान गर्दै पृथ्वि जयन्तिका दिन पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रति हार्दिक आभार

यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। यसअघि पनि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो।

विस १७७९  पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।