बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ग्लोबल आईएमई बैकको डडेलधुरामा शाखा रहित सेवा

मंगलबार, मंसिर १२ २०७४

काठमाडौ मंसिर, १२–
ग्लोबल आईएमई बैंकले डडेलधुरामा शाखारहित सेवा बिस्तार गरेको छ । बैंकले सोमबार डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका बडा नं. २ मा आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैकका अनुसार उक्त सेवाको लागि स्थानिय नारायण दत्त अवस्थी लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म  १ खर्व ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १ सय ८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, एउटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।