बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गुराँस लाईफको प्रमुुख कार्यकारीमा भट्टराई

सोमबार, मंसिर ११ २०७४

काठमाडौ मंसिर, ११–
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा नारायण कुुमार भट्टराई नियुुक्त भएका छन् । कम्पनीको सञ्चालक समितीको १ सय ४२ औं बैठकले भट्टराईलाई २०७४ साल कात्तिक ११ गते देखि नै लागुु हुनेगरि ४ वर्षको लागि प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ निवासी भट्टराईले पुुने युनिभर्सिटीबाट एमबिएको उपाधी हाँसिल गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त  भएका भट्टराई मिति २०७० साल माघ एक गतेदेखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए । कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुख को जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरिसकेका छन् । 
हालै मात्र राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे “ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना”सार्वजानिक गरेको तथा कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै नेपाल राज्य भर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन सेवा प्रदान गरि रहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत नेपाल राज्यभर बीमा सेवा पुर्याइरहेको छ । कम्पनीले नेपाल राज्य भर सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा सेवा पुर्याउने तयारी गरेको छ । जीवन बीमा क्षेत्रमा लामो अनुभव संगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।