काठमाडौं मंसिर, १०–
३२ जिल्लामा भईरहेको निर्वाचनमा अपरान्ह ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आईतबार भैरहेको ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन शान्तिपूर्ण तरिकाले अघि बढिरहेको आयोगले जनाएको छ ।
३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।