हुम्ला मंसिर, १०–
हुम्लाको एक मतदान केन्द्रमा अहिलेसम्म मतदान प्रक्रिया हुन सकेको छैन । जिल्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि मतदान हुन नसकेको हो ।
जम्मा ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीयले विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएका हुन् ।