रोल्पा मंसिर, १०–
रोल्पा जिल्लाको सुनछहरी गाँउपालिका ५ गारबाङमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको छ । गारबाङ मतदान केन्द्र नयाँ भवनका साहायक मतदान अधिकृत कोमल सुवेदीका अनुसार उक्त मतदान केन्द्रमा दिउँसो १ बजेसम्म ३३ प्रतिशत मतदान सम्पन्न भैसकेको छ । सो मतदान केन्द्रमा जम्मा १७ सय ६८ मतदाता संख्या रहेको छ । साहायक मतदान अधिकृत सुवेदीका अनुसार अहिलेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि नराम्रो घटना घटेको छैन । मतदाताहरु अनुशासितपूर्वक तरिकाले लाईनमा बसेर आफ्नो पालोमा मतदान गरिरहेका छन् ।