बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रोल्पा सुवर्णावति–६ मा शान्तिपूर्ण मतदान हुदै

आइतबार, मंसिर १० २०७४

रोल्पा मंसिर, १०–
रोल्पाको सुवर्णावति ६ जनज्योती मा.वी.मा शान्तिपूर्ण तरिकाले मतदान प्रक्रिया भैरहेको छ । जनज्योती मतदान केन्द्रमा रहेका विष्णु केसीले जनाए अनुसार सो स्थानमा रहेका ‘क’ तथा ‘ख’ दुबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण मतदान भैरहेको छ । केसीका अनुसार अहिले ९ बजेसम्म ‘क’ मतदान केन्द्रमा ६७ जना महिल तथा ७० जना पुरुष लाईनमा रहेका छन् भने ‘ख’ मतदान केन्द्रमा ५५ पुरुष तथा ७० महिला लाईनमा रहेका छन् । 

गएको स्थानीय तह निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा मतदाताको उत्साह अलि कमि देखिएको उनको भनाई छ । केसीका अनुसार चाडवाड सकिए लगत्तै मानिसहरु बिदेशिने तथा मौसमको कारणले पनि निर्वाचनमा उललेख्य मतदाता सहभागी नभएका हुन् । अहिले मतदान भैरहेको ‘क’ मतदान केन्द्रमा दिपेन्द्र आचार्य तथा ‘ख’ मा दिलबहादुर पुन मतदान अधिकृत रहेका छन् ।