बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

छोराको उपचार गर्न आएका नेकपाका नेता चन्द पक्राउ

शुक्रबार, मंसिर ८ २०७४

काठमाडौं मंसिर, ८–
नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रबहादुर चन्द पक्राउ परेका छन् ।  नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाई समेत रहेका   ‘वीरजंग’ काठमाडौँबाट पक्राउ परेका हुन् । 

पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द्रबहादुर  चन्द पक्राउ परेको नेकपाले पुष्टि समेत गरेको छ । 

 छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको नेकपा निकट स्रोतले जनाएको छ । छोराको उपचारका क्रममा काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन् । 

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाउँदै उनीहरुलाई देशका विभिन्न भागहरुबाट पक्राउ गरिरहेको छ । 

देशका विभिन्न भागमा राजनीतिक दल र उम्मेदवारहरुलाई लक्षित गरेर भएका बम विस्फोटमा नेकपाको हात रहेको प्रहरीको ठम्याई छ । तर, पार्टीले भने अझै सम्म यसको जिम्मेवारी लिएको छैन ।

यसअघि अनेरास्ववीय अध्यक्ष नविना लामाका पिता माणिक लामा पनि आफ्नै निवासबाट पक्राउ परेका थिए । उनी पनि विप्लव नेतृत्वको पार्टीका आबद्ध छन् ।