बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चुुनाव नजिकिदैं गर्दा नेप्से बढेको बढ्यै

बुधबार, मंसिर ६ २०७४

 
काठमाडौं मंसिर, ६–
चुुनाव नजिकिंदै गर्दा नेप्सेमा बढ्ने क्रम सुरु भएको छ ।  बुुधबार पनि नेप्से ८ 
 दशमलव २ अंकले बढेर १४ सय ८० दशमलव २६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि १ दशमलव ९६ अंकले बढेर ३ सय ११ दशमलव ९६ अंकमा पुुगेको छ । आज १ सय ५९ कम्पनीहरुको ४ हजार २ सय ४९ वटा कारोबारमा ९ लाख ३१ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपैयाँ पुुगेको छ । 
आज सबैगरी कुुल ९ वटा समुहको कारोबार भएकोमा ६ वटा समुहको कारोबार बढेको, ट्रडिङ, समुहको कारोबार स्थिर रहेको र फाईनान्स र अन्य सुचक घटेको छ । बढेको बीमा समुहको सुचक ५५ दशमलव ७२ अंकले बढेर ७ हजार ९ सय ५४ दशमलव ७८ अंकमा पुुगेकोमा ५ करोड २३ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैक समुहको सुचक ७ दशमलव ६३ अंकले बढेर १२ सय ६९ दशमलव ४८ अंकमा पुुगेकोमा १२ करोड २९ लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि २० दसमलव ५१ अंकले बढेर १८ सय ७६ दसमलव ११ अंकमा पुुगेकोमा २ करोड ८४ लाख २६ हजार ७ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, बिकास बैक र लघुबित्त समुहको सुचक पनि आज बढेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।  
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ ग्रिन डेभलपमेन्ट बैंक ६१३ ९.८६
२ प्रोग्रेसिभ फाईनान्स २३० ५.५०
३ हाम्रो बिकास बैंक १९० ४.४०
४ दिव्येश्वरी हाईड्रो पावर लिमिटेड १५१ ४.१४
५ सोल्टी होटल लिमिटेड २७४ ३.४०
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ सिर्जना फाईनान्स ४६७ ५.४९
२ हिमालयन जनरल इन्स्योरेन्स ६४५ ५.४२
३ रिलायवल माईक्रो फाईनान्स १४७० ३.८६
४ अरुण फाईनान्स १५६ ३.७०
५ ओरेन्टल होटल समुह ६२५ ३.२७