बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आइएमईको १० उत्कृष्ट व्यवसायीक साझेदार भ्रमण सम्पन्न

बुधबार, मंसिर ६ २०७४

 
 
काठमाडौं मंसिर, ६–
आइएमईले  आफ्ना दश उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई भ्रमण गराएको छ ।  आइएमईले ति दश जनालाई सुदुरपश्चिमको  मुगुमा रहेको  रारा तालको भ्रमण गराएको जनाएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको आइएमईले जनाएको  छ । 
 
मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरि भ्रमण गराइएको बताईएको  छ  । आइएमईका अधिकृतद्वय इश्वर अधिकारी र रमेश बुढाथोकीले भ्रमण टोलीको नेतृत्व गरेका थिए । 
 
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको १७ औँ वर्षसम्म आईपुग्दा  नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा ल्याएको छ ।  ति संस्थामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्नमा आइएमई अब्बल सावित हुन पुगेको छ ।