बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तिम कसरतमा भट्टराई र श्रेष्ठ

बुधबार, मंसिर ६ २०७४

 

६ मंसिर, काठमाडौं–
कुनै पनि बेला समान हैसियत रहेर राजनीति गरेका नयाँशक्तिका संयोजनक डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । 

गोरखा २ का उम्मेदवार उनीहरु आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन् । 

प्रचारप्रसारको समय अवधि सकिनै लाग्दासम्म दुवै उम्मेदवार मतदाताको दैलोमा पुग्न प्रतिस्पर्धा गरिरहेका छन् । 

दुवै नेताले अहिले मतदातासंग भोट माग्दै आफुलाई सघाउन आग्रह गरिरहेका छन् । 

निर्वाचन प्रचारप्रसारमा रहेको उनहिरुमध्ये मंगलबार श्रेष्ठ गोरखाको हार्मी र भट्टराई सिरानेचोमा थिए । 

प्रदेश ४ भित्रको गोरखा २ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छन् ।, यो खबर आजको नागरिकमा छ ।