बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी पोलिटव्युरो सहित १५ सय कार्यकर्ता कांग्रेस प्रवेश

सोमबार, मंसिर ४ २०७४

 

डडेल्धुरा, मंसिर –
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदबार जगत पार्की सहित १५ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
सोमबार डडेल्धुराको अलितालमा आयोजित चुनावी सभामा पार्की सहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मि उप्रेती सहित नेता  कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराए ।  नवप्रबेशीहरुलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।  पार्टी प्रवेश कार्यक्रममा बोल्दै, पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफूहरु प्रवेश गरेको बताए । उनले भने, ‘माओवादीले हिजोको जनयुद्ध सबै पैसासँग साटिसक्यो’ ‘अव यो मुलुकमा कांग्रेस बाहेक अरु राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हौ ।’