काठामाडौ मंसिर, ४–
नेप्सेको निरन्तरको गिरावट कायम रहंदा लगानीकर्ताहरुको मनोवल गिरेको छ । बिगत लामो समयदेखि घट्दै आएको नेप्से सोमबार पनि ६ दशमलव ५६ अंकले घटेर १४ सय ६९ दशमलव १६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दशमलव ५२ अंकले घटेर ३ सय ९ दशमलव ८ अंंकमा पुुगेको छ ।
१ सय ६० कम्पनीहरुको ४ हजार ६ सय ३० वटा कारोबारमा ११ लाख ४६ हजार ६ सय ९ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ३९ करोड ३८ लाख १७ हजार २ सय ६१ रुपैयाँमा सिमित भएको छ ।
सबैगरी कुुल ९ वटा समुहको कारोबार भएकोमा अन्य समुहको सुुचक बढेर बाँकी ८ वटा समुहको सुचक घटेका छन् । बीमा समुहको सुचक २९ दशमलव २५ अंकले घटेर ७ हजार ८ सय ८४ दशमलव ११ अंकमा पुुगेकोमा ६ करोड ७६ लाख ९८ हजार ६सय रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैक समुहको सुचक ७ अंकले घटेर १२ सय ५६ दशमलव ३६ अंकमा पुुगेकोमा १८ करोड ६७ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ५ दशमलव २७ अंकले घटेर १७ सय २७ दशमलव ५ अंकमा पुुगेकोमा २ करोड ७४ लाख ९५ हजार ९ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक १३ दशमलव ७७ अंकले घटेर १८ सय ४८ दशमलव ९५ अंकमा पुुगेकोमा १ करोड ९५ लाख १४ हजार ३ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
ट्रेडिङ, होटल, फाईनान्स र लघुबित्त समुहको सुचकहरु पनि आज घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ ग्रिन डेभलपमेन्ट बैंक ५०८ ९.९६
२ अरुण फाईनान्स १६२ ७.२८
३ मल्टीपर्पोस फाईनान्स २८७ ४.३६
४ लक्ष्मी लघुबित्त संस्था १३२६ ३.५९
५ कन्काई बिकास बैंक १८९ ३.२८
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ नेपाल हाईड्रो डेभलपर २५३ ८.९९
२ सिर्जना फाईनान्स ४९१ ७.५३
३ बिशाल बजार कम्पनी १८८५ ६.७७
४ हिमालयन जनरल इन्स्योन्रेन्स ६५० ६.३८
५ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १४९ ४.५४