बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नर्भिक अस्पतालले भन्यो–प्रकाश दाहालको मृत्यु ‘आकस्मिक हृदयघात’

आइतबार, मंसिर ३ २०७४

 

काठमाडौं मंसिर, ३–
प्रचण्डपुत्रको मृत्यु आकस्मिक हृदयघातबाट भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी गराएका छन् ।  

डाक्टहरुले अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएका हुन् । 

बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डाक्टरहरुका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन । 

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो । शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए ।

‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।