काठमाडौ, मंसिर, ३–
रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कृष्ण टावर, नयाँबानेश्वर स्थित आफ्नो प्रधान कार्यलयबाट सेवा मंसिर एक गते शुुक्रबारबाट सेवा शुभारम्भ गरेको छ । कम्पनीले कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको थियो ।
सुरुवात देखिनै उच्च स्तरिय सेवादिने उद्देश्यले नेपाली बीमा बजारमा उपस्थित भएको कुरा कम्पनीले जनाएको छ । अहिले नेपालीहरुको आयस्तर बढेको र नेपालको कुल ग्राहस्थ उत्पादन पनि उच्च रहेकोले नयाँ बीमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न थप मद्दत हुने कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उल्लेख गरेकाछन । कम्पनीले सुरुवात बाटै तीन वटा जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीको अध्यक्ष पदमा ताराचन्द केडिया र सञ्चालकमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी, पवनकुमार अग्रवाल र सुन्दर प्रसाद कडेल रहेका छन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । कँडेलले स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायत विभिन्न बैंकहरुमा १२ वर्षको काम गरेको अनुुभव रहेको छ । साथै कम्पनीको महाप्रवन्धकमा यस.के.तमोट रहेका छन् । उहाँको बीमा क्षेत्रमाविगत ५० वर्ष देखि अनुभव रहेको र रिलायन्स लाईफ भन्दा पहिले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडमा महाप्रबन्धककारुपमा सफलताका साथकार्य सञ्चालनको अनुभव समेत रहेको छ ।
कम्पनीमा एक सय १३ जनाप्रवर्धक रहेकाछन् । हाल संस्थापकबाट एक अर्ब ४७ करोड चुक्तापुँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि ६३ करोडको सेयर जारी गर्नेछ । सर्बसाधारण सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले जीवन बीमाको व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप–शाखा कार्यालयहरु िवस्तारलाई प्रथमिकतामा राखेको उल्लेख गरेको छ । हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा सुखमय बनाउन सहयोग पु¥याउने उद्देश्य रहेको पनि कम्पनीको भनाई छ । कम्पनी“ खुलेर जिऔं” भन्ने नाराका साथ सञ्चालनमा आएको छ ।