बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्डपुत्र प्रकाशको निधन

आइतबार, मंसिर ३ २०७४

 ३ मंसिर काठमाडौं–
 माओवादी  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोर  प्रकाश दाहालको निधन भएको छ । गम्भीर हृदयघातको बिरामी परेपछि उनलाई  काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  अचेत अवस्थामा अस्पताल पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् । 
अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पु¥याएका दाहाललाई डाक्टरले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।