गोरखा कात्तिक,३०–
प्रचण्डर केपी ओलीले बाबुरामको आलेचना गरेको २४ घण्टा नबित्दै बाबुरामले उनीहरुलाई जवाफी आक्रमण गरेका छन् । गोरखामा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड र केपी ओलीलाई लालबादशाहको उपमा दिएका छन् । गोरखा २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेकबा भट्टराईले बुधबार प्रचण्ड ओलीले आफ्नो आलोचना हारसँग डराएर
गरेको जनाए । उनले आफ्नो जित सुनिश्चत भैसकेको समेत प्रष्ट पारे । जनतासँग हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने मान्छेलाई गाली गर्दा यसको प्रतिवाद जनताले मतदानबाट गरेर उनीहरुलाई देखाईदिने समेत दाबी गरे ।
आफूले गोरखाको लागि बिकास गर्ने भन्दै भट्टराईले गाली गर्नेहरुलाई मत नहाल्न समेत गोरखाली जनतालाई अपिल गरे ।