बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘शेरबहादुर’ अन्तिम प्रधानमन्त्री भन्ने केपीलाई देउवाको जवाफः ‘मलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस’ भनेको छ

बिहिबार, कार्तिक ३० २०७४

काठमाडौं कात्तिक, –
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस भनेको भन्दै चुनाव पछि पनि आफूनै प्रधानमन्त्री हुने दाबी गरेका छन् ।  वाम गठवन्धनका नेताहरुले अबको निर्वाचन पछि वाम गठवन्धनको सरकार बन्ने भएकाले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने बताईरहेको बेला प्रधानमन्त्री देउवाको यस्तो भनाई आएको हो । 

बिहीबार बिहान कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार
 सम्मेलनमा देउवाले उक्त कुरा बताएका हुन् ।  उनले  भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’

अहिले चौथो पटक प्रधानमन्त्रीको कुर्षिमा रहेका देउवाले सुदुरपश्चिमबाट अहिले  आफूबाहेक अरु प्रधानमन्त्रीको दाबेदार कोही पनि नभएको तर्क समेत गरे । 

डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको भन्दै देउवाले सुदुर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा छन् ।

उनले मतदातालाई निर्वाचनको  व्यवस्था राम्रो भएकाले ढुक्क भएर भोट  हाल्न समेत आग्रह गरे । 

सुरक्षा निकायलाई सुरक्षाका निम्ति निर्देशन दिईसकेको भन्दै प्रधानमन्त्री देउवाले सुरक्षाका बारेमा रत्तिभर चिन्ता नलिन आग्रह समेत गरे ।